images

कतार जानु अघि परराष्ट्रमन्त्रीले भेटे विपीनका आमा बुबालाई

काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमण जानु अघि हमासको कब्जामा रहेका विपीन जोशीका आमा बुबासँग भेटघाट गरेका छन। इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक बिपिन जोशीको रिहाईको पहलका लागि परराष्ट्रमन्त्री साउद कतार जाने भएका हुन।

परराष्ट्रमन्त्री साउद यहि मंसिर २३ मा कतार जाँदै छन। यस अघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाईका लागि पहल गरिदिन आग्रह गरेका थिए। जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए।

त्यसअघि मंसिर ७ गते (बिहीवार) उहाँले जोशीको रिहाईका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए। कतार बसाइँका क्रममा मन्त्री साउदले दोहा २१ औं फोरममा पनि सहभागी हुने भएका छन। डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ।