images
images

बुद्ध एयरकाे नव विवाहित जोडीलाई पोखराको दुईतर्फी टिकट उपहार

काठमाडौं। नेपालको निजि कम्पनीद्वारा सञ्चालित बुद्ध एयरले नव विवहित जोडीहरुका लागि निशुल्क टिकट उपहार दिने भएको छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान भर्दै आएको उक्त विमान कम्पनीले नव विवाहित जोडीहरुलाई पोखराको दुई तर्फी टिकट उपहार दिने जनाएको हो।

बुद्ध एयरले सामाजिक सञ्जाल मार्फत भनेको छ, नवविवाहित जोडिलाई शुभकामना सहित उपहार,हाम्रो विमानबाट बेहुला बेहुली यात्रा गर्ने जोडीलाई पोखराको दुईतर्फि टिकट उपहार । तपाईले यात्रा गरेको तस्विर हामीलाई ट्याग गर्न नर्बिसनुहोस् ।

बुद्ध एयरले बेहुला बेहुलीको विवाहको पोशाक हुनुपर्ने जनाएको छ। कुनै पनि क्षेत्रबाट यात्रा गर्न सकिने जनाउँदै पोखराको मात्रै निशुल्क टिकट हुने उल्लेख गरेको छ। उक्त अफर मंसिर तथा पुस महिनाको विवाहपञ्चमीभित्र नवविवाहित जोडीलाई काठमाडौं(पोखराको दुईतर्फी उडान टिकट उपहार दिन लागेको हो। सो अवसर १० जोडीले पाउने बुद्ध एयरले जनाएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS