images

एमालेमा ६ जना केन्द्रीय सदस्य मनोनित

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ६ जनालाई पार्टीकाे केन्द्रीय सदस्यमा मनोनित गरेको छ । शुक्रबार बसेको नेकपा एमालेको सचिवालय बैठकले ६ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

एमालेले कोशीका तुलसीप्रसाद न्यौपाने, वागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह, सुदूरपश्चिमका दामोदर भण्डारी, मधेस रामअवतार यादव र झापाका दिपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

मनोनितमध्ये कार्की बाहेकका ५ जना तत्कालीन प्रदेश अध्यक्ष रहेका हुन भने कार्की झापा जिल्लाका अध्यक्षको रुपमा रहेका छन् ।