images

दुधमा दिइएको अनुदान कटौती गरेपछि कृषकहरू धर्नामा

प्रमोद सहनी

मकवानपुर– दुधमा दिइएको अनुदान कटौती गरेपछि कृषकहरू धर्नामा उत्रेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १ चाईनागेटस्थित कृषि तथा पशुपंन्छी निर्देशनालयमा किसानले धर्ना दिएका हुन् ।

उत्पादन आधारित दुधमा प्रति लिटर किसानले पाउने अनुदानमा बागमती प्रदेश सरकारले यस वर्ष कटौती गरेको बिरोधमा किसान उत्रेका हुन् । मंगलबार बागमती प्रदेश भित्रका सबै दुग्ध सहकारी संघको उपस्थितिमा बिरोध तथा धर्ना कार्यक्रम आयोजन गरिएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड अध्यक्ष हरि प्रसाद कडेंलले बताए ।

विभिन्न जिल्लाका दुग्ध उत्पादक सहकारी संघका अध्यक्षहरु, दुग्ध उत्पादक सहकारी संघका पदाधिकारीहरुले २ घण्टा धर्ना दिएका हुन् । दुग्ध उत्पादक किसानले अनुदान पाउन सक्ने वातावरण नभएको कारण दबाद दिन बागमती प्रदेश भित्रका सबै जिल्ला दुग्ध सहकारी संघहरुको आयोजनामा बिरोध कार्यक्रम गरिएको दुग्ध सहकारी संघका केन्द्रीय वरिष्ठ उपाध्यक कृष्णप्रसाद सापकोटाले बताए ।

धर्नामा केन्द्रीय उपाध्यक्ष भगिरथ तिमल्सिना समेत उपस्थित छ । उनीहरुले धर्ना कार्यक्रम सहित निर्देशनालयको मुल च्यानल गेटमा तालाबन्दी गरेको छन् । तालाबन्दी पछि केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, भगिरथ तिमल्सिना, मकवानपुरगढी गाउँपालिका निवर्तमान अध्यक्ष विदुर हुमागाईं, जिल्ला दुग्ध सहकारी संघ मकवानपुर अध्यक्ष, चितवनका अध्यक्षले बागमती कृषि सचिवसँग छलफलका लागि हेनपा-१ चौकिटोल स्थित बागमति कृषि मन्त्रालयमा सहभागी भएका छन् ।

यस्ता छन् मागहरू