images

साताको पहिलो दिन सेयर बजार ओरालो लाग्यो

काठमाडौं– साताको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज ५ दशमलव ३१ अंक घटेर नेप्से परिसूचक २०६१ अंकमा कायम भएको हो । परिसूचकका अलवा कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आइतबार ३ अर्ब २१ करोडमा खुम्चिएको छ ।

आइतबार केही समूह बढ्दा केही घटेका छन् । कुनै पनि समूह १ प्रतिशतभन्दा माथि घटबढ भएको छैन । विकास बैंक २६, फाइनान्स ७, लगानी ० शमलव ०७ र निर्जीवन बीमा समूह ५५ अंक बढेका छन् । त्यस्तै वाणिज्य बैंक २, होटल तथा पर्यटन २७, हाइड्रोपावर १०, जीवन बीमा ५७, उत्पादन ९, माइक्रोफाइनान्स ७, अन्य १८ र ब्यापार समूह १ अंक घटेका छन् । १३२ कम्पनीको मूल्य घट्दा १०४ कम्पनीको बढ्यो भने ११ को स्थिर रहेको छ ।

युनिक नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ । कम्पनीको दोस्रो त्रैमासिक वित्तीय स्थिति राम्रो देखिँदा यस कम्पनीमा आइतबार आकर्षण देखिएको छ ।
कारोबार रकमका आधारमा हिमालयन रिइनस्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, निफ्रा, ङादी ग्रुप र रिडी पावर क्रमशः अगाडि रहेका थिए ।