images

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० संघीय संसदमा पेश

काठमाडौं– सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० संघीय संसदमा पेश गरेको छ ।

सोमवार शुरु भएको संघीय संसदको तेस्रो अधिवेशनमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले अध्यादेश पेस गरेका हुन् । त्यस अवसरमा उनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेश गर्ने र सो प्रक्रियामा हुने छलफलको अवधि पर्याप्त गर्ने उद्देश्यले अध्यादेश ल्याइएको स्पष्ट पारे ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि थप थर्ने आदेश पेश गरे । प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बुधवार बिहान ११ बजे बस्नेछ ।