images

नेपालकै लामो सिराहा र धनुषा जोड्ने झोलुंगे पुल संचालन

नरेशचन्द्र बरबरिया

सिरहा-नेपालकै लामो सिराहा र धनुषा जोड्ने कमला नदीमा नवनिर्मित झोलुंगे पुल संचालनमा आएको छ । निर्माण सम्पन्न भएसँगै सर्वसाधारणको आवतजावतका लागि झोलुङ्गे पुल खुला गरिएको हो ।
सिराहा नगरपालिका– १३ मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने कमला नदीको झोलुंगे पुलको लम्बाई एक हजार पाँच सय दशमलव ४४ मिटर र एक दशमलव दुई मिटर चौडाइ रहेको छ ।

उक्त झोलुंगे पुलको अन्तिम प्राविधिक जाँचपछि सर्वसाधारणका लागि खुला गरिएको पुल निर्माणमा संलग्न सहायक सुपरभाइजरसमेत रहेका इन्जिनियर अनिल मण्डलले बताएका छन ।
पुलको औपचारिक उदघाटन नभएपनि कमला नदीबाट आवजत जावत गर्न सर्वसाधारण वर्षौदेखि सास्ती भोग्दै आएकाले निर्माण सकिएपछि खुला गरिएको हो ।

संघीय सरकारको सस्पेन्सन ब्रिज डिभिजनको २८ करोड रुपैयाँ लागतमा थानी निर्माण सेवा काठमाडौंले ठेक्का सम्झौता गरी १ असोज ०७९ देखि थालेको पुल निर्माण ठेक्का अवधिभन्दा ६ महिना अगावै सकिएको हो ।

उक्त पुल निर्माणको ठेक्का सम्झौता ०८१ असार मसान्तसम्म रहेको जनाइएको छ । पुल खुला गरिएसँगै धनुषाको पूर्वी भेगसहित प्रदेशको राजधानी जनकपुर र सिराहाका विभिन्न ठाउँमा आवतजावत गर्न सहज भएको सिराहा नगरपालिका १३ पटेर्वाका २६ वर्षीय दिलीप यादवले बताए ।

धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल र सिराहा नगरपालिका–१३ मलहनियाँ जोड्ने झोलुङ्गे पुल । नेपालकै सबैभन्दा लामो मानिएको एक हजार पाँच सय दशमलव ४४ मिटर लम्बाइ रहेको यो पुल सम्झौता अवधि भन्दा ६

हुलाकी सडक अन्तर्गत रहेको भासिएको कमला पूलको उत्तम विकल्पको रुपमा तयार भएको झोलुँगे पूलबाट मोटरसाईकल समेत पार हुने गरेको छ ।