images
images

संक्रमणकालिन न्याय सम्बन्धि विधेयक एक हप्ता भित्र टुंगोमा पुर्‍याउनु पर्नेमा कांग्रेस प्रमुख सचेतक लेखकको जोड

काठमाडौं–सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालिन न्याय सम्बन्धि विधेयक एक हप्ता भित्र टुंगोमा पु¥याउन कानून, न्याय तथा मानव अधिकार समितिलाई आग्रह गरेका छन् ।

कानून, न्याय तथा मानव अधिकार समितिको शुक्रवारको बैठकमा उनले पीडित, नागरिक समाज र सञ्चार माध्यमको दवाबलाई समेत ख्याल गरेर सो विधेयक एक पटक छलफल गरेर आगामी फागुन १९ गते भित्र टुंगो लगाई सक्नुपर्ने प्रस्ताव गरेका हुन् । प्रमुख सचेतक लेखकले सो विधेयकमा १/२ विषय मात्रै सहमति हुन बाँकि रहेकाले एक पटक बैठकमा छलफल गरी टुंग्याउने प्रयास गर्ने र नभए त्यसलाई संसदको पूर्ण हाउसले टुंगो लगाउने गरी संसदमा पठाउन ढिलाई गर्न नहुने धारणा राखे ।

प्रमुख सचेतक लेखकले पीडितको पीडालाई सम्बोधन गर्न पनि सो विधेयक संसदीय समितिले टुंगोमा पु¥याउन ढिलाई गर्न नहुने जिकीर गरेका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS