![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2024/02/r1.jpg?fit=1568%2C1176)
काठमाडौं–अभिनेत्री एवम् राप्रपा नेत्री रेखा थापाले छोरी जन्माएकी छिन् । थापाले अमेरिका पुगेर छोरीको जन्म दिएकी हुन् । उनले केही बेर अघि सामाजिक सञ्जालमा भर्खर जन्मेकी छोरी,श्रीमान र आफ्नो फोटो पोष्ट गरेकी छिन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत अभिनेत्री थापाले भनेकी छिन्, हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान कारण छ । उनले नवजात छोरीको नामकरण समेत गरेकी छिन्। उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी भन्दै नामाकरण गरेकी छिन् ।
उनी छाेरी जन्माउन भनेर अमेरिका पुगेकी थिइन् । उनी अमेरिका पुगेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिंङ्देनले समेत व्यङ्ग्य प्रहार गरेका थिए । त्यसपछि अध्यक्ष लिंङ्देन र रेखा थापाबीच सामाजिक सञ्जालमा वार चलेको थियो ।