images

नवजात शिशुकाे संरक्षक खोजीका लागि नगरपालिकाद्वारा सूचना जारी

प्यूठान–एक महिना पहिले प्यूठानको जुम्रीमा बेवारिसे फेला परेकी नवजात शिशुको संरक्षकका खोजीका लागि नगरपालिकाले सुचना निकालेको छ । माघ २२ गते १५ दिने हकदाबीको लागि सुचना निकालिएकोमा कसैको दाबी नपरेपछि इच्छुकले अभिभावकत्व लिन सक्ने गरी पालिकाले पुनः सुचना निकालेको हो ।

त्यसरी शिशुलाई जन्म दिएर बेबारिसे अवस्थामा छाड्नेबारे भने हालसम्म कुनै तथ्य फेला नपरेको प्यूठान नगरपालिकाका नगरप्रवक्ता सुमन श्रेष्ठले जानकारी दिए ।

गत माघ १७ गते प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा स्थानीय छायाँ भण्डारीको बाख्राको खोरमा बोराको झोलुङ्गा भित्र सालनालसहित भेटिएकी शिशुको हाल जिल्ला अस्पताल प्यूठानले हेरचाह गर्दै आएको छ ।

नगरपालिकाद्वारा जारी सूचना पढ्नुहाेस्