images
images

४५ फाइलबाट १० अर्ब भ्रष्टाचार गर्ने शर्माले सेवा अवधिभर कति भ्रष्टाचार गरे ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध झ्ण्डै ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गर्ने निर्णय गरेको छ ।

आयोगले कर फस्र्योट आयोगका दुई सदस्य लुम्बध्वज महत र उमेश ढकाललाई पनि भ्रष्टाचारको अभियोगमा बिहीबार मुद्दा दर्ता गर्ने निर्णय गरेको हो । यो आयोगको इतिहासमै सबैभन्दा ठूलो भ्रष्टाचारसम्बन्धी विषय हो । आयोगका उच्च अधिकारीका अनुसार कर फस्र्योटसम्बन्धी ४५ फाइलको अध्ययन गर्दा १० अर्ब ९५ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहरसहित शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिएको हो ।

‘आयोगको निर्णयलगत्तै आजै मुद्दा दर्ता गर्ने तयारी गरिएको थियो तर समय अभावका कारण भोलि शुक्रबारका लागि सरेको छ’, आयोगका ती अधिकारीले भने, ‘हाल अध्ययन भइरहेको फाइलबाट झण्डै ११ अर्बको रुपैयाँ भ्रष्टाचार भएको देखिएको हो । अरु फाइल अध्ययन गर्दा थप भ्रष्टाचारको विवरण आउन सक्छ ।’

तत्कालीन कर फछ्र्योट आयोगका सदस्यद्वय महत र ढकाल भने हाल फरार छन् । आयोगले कर फछ्र्योटसम्बन्धी भएका निर्णयको समग्र पक्षको अध्ययन गरिरहेको छ । ४५ फायलबाट मात्रै यति ठूलाे भ्रष्टाचार गर्ने शर्माले सरकारी सेवामा रहँदासम्म कति भ्रष्टाचार गरे भन्ने प्रश्न उठेकाे छ । अख्तियारले उनी पछिल्लाे समय राजश्वमा रहँदाकाे मात्र अध्ययन गरेकाे हाे । उनी हरेक ठाउँमा जाँदा ठूलाे पैसाकाे चलखेल गर्ने र ठूला ठूला सेटिङ मिलाएर पदकाे दुरुपयाेग गर्दै अाएका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS