images

जनकपुरमा दिनदाहडै एक युवकको चक्कु प्रहार गरी हत्या

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकामा एक जना युवकलाई दिनदाहडै चक्कु प्रहार गरी हत्या गरिएको छ ।

सोमबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका वडा ४ स्थित रहेका सिरञ्चिया कुट्टी नजिक प्रिन्स कुमार महासेठलाई छातीमा चक्कु प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गरेको आरोपमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा ४ बस्ने गणेश साहको २४ वर्षीय छोरा अर्जुन साहलाई नियन्त्रणमा लिएको धनुषा प्रहरी एसपी भुवनेश्वर तिवारीले स्पेस समाचारलाई जानकारी दिए ।