images
images

आफ्नै कीर्तिमानी रेकर्ड ब्रेक गर्दै कामीरिताले २९ पटक औँ सगरमाथा चढेर विश्व रेकर्ड

काठमाडौं–विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर नेपाली आरोही कामीरिता शेर्पाले आफ्नै २८ औँ कीर्तिमान ब्रेक गर्दै २९ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । कामिरिताले आइतबार आफ्नै कीर्तिमानी ब्रेक तोडेर २९ औँ सगरमाथाको सफल आरोहण गरेका हुन् ।

शेर्पा कार्यरत काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार, आइतबार बिहान ७ः२५ मा उनी सगरमाथाको चुचुरोमा पुगेका थिए ।

उनी विदेशी भीभीआईहरुको समूहको वरिष्ठ हाई अल्ट्च्यूड गाइडका रूपमा यसपालि २९ औँ पटकका लागि सगरमाथा आरोहण गर्न गएका थिए । यसपालि सेभेन समिट र फोर्टीन पिक्स एक्सपिडसन गरी दुइटा कम्पनीका सदस्यहरूलाई सगरमाथा आरोहण गराउने कामीरिताको जिम्मेवारी रहेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS