images

सुनको भाउले फेरि बनायो उच्च रेकर्ड

काठमाडौं– सुनको भाउले फेरि उच्च रेकर्ड बनाएको छ । गत बिहीबार त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ४० हजार पुगेको सुन शुक्रवार ७ सय घटेको थियो ।

आइतबार फेरि तोलामा १ हजार ६ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपाली बजारमा पनि असर परिरहेको छ । चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो कारोबार दिन शुक्रवार प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आइबार १ हजार ९१० पुगेको छ ।