images

प्रचण्डको विश्वासको मत रोक्न उपेन्द्र पुगे सर्वोच्च अदालत

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट लिन लागेको विश्वासको मत रोक्न माग गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वोच्च पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड सोमबार विश्वासको मत लिन लागेपछि यादवले आफ्नो दल छाडेका ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा अर्को रिट दायर गरेका हुन् । उनले आइतबार दायर रिटमा जसपा नेपाल छाडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा मतदानमा रोक लगाउन र अरू संसदीय गतिविधिमा रोक लगाउन माग गरिएको छ ।

आफ्नो दल छाडेका सांसदले प्रतिनिधिसभा सदस्यको पद गुमाइसकेको दाबी गर्दै यादवले उनीहरूको मतबाट प्रधानमन्त्रीले विश्वासको मत पाए पनि बदर हुने जिकिर गरेका छन् । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार यो रिटमा सोमबारका लागि पेशी तोकिएको छ ।