images

सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं– जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

बुधवार भएको थुनछेक बहसमा कान्तिपुरका अध्यक्ष सिरोहियालाई ३ दिन हिरासतमा लिएर अनुसन्धान गर्न अदालतको आदेश दिएको हो ।

नागरिकता किर्तेसम्बन्धी मुद्दामा मङ्गलवार काठमाडौंबाट पक्राउ गरेर धनुषा पुर्‍याएका सिरोहियालाई बुधवार जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको एकल इजलासले उक्त आदेश दिएको हो ।

प्रहरीले सिरोहियालाई १० दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थियो भने सरकारी वकिलले ५ दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थिए । तर अध्यक्ष सिरोहियाले सहकारी प्रकरणमा कान्तिपुरले समाचार प्रकाशन प्रसारण गरेको भन्दै आफूमाथि जबरजस्ती गिरफ्तारी गरेको आरोप लगाएका छन् ।