images

सरकारी अस्पतालको सेवा सुधार गरेर देखाउँछुः स्वास्थ्य मन्त्री यादव

काठमाडौं–स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सबै सरकारी अस्पतालहरूको सेवामा सुधार ल्याउने बताएका छन् ।

बुधवार अपराह्न स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेलसहित वीर अस्पतालको सबै शाखाको अनुगमन गरेपछि सञ्चारकर्मीमाझ उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । आफूले वीर अस्पतालबाट सरकारी अस्पतालहरूको अनुगमनको काम सुरु गरेको भन्दै उनले सबै अस्पतालहरूको अनुगमन गरी सुधार गर्ने बताए । मन्त्री यादवले समयमै ड्युटीमा नआउने चिकित्सकहरूलाई तत्काल कारबाही गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए ।

त्यस अवसरमा मन्त्री यादवलाई अस्पतालका उपकुलपति प्राध्यापक डाक्टर भूपेन्द्रकुमार बस्नेतलगायतका पदाधिकारीहरूले अस्पतालको सेवाको अवस्था र त्यसका लागि प्रबन्ध गर्नुपर्ने व्यवस्थाका विषयमा जानकारी गराएका थिए ।