images

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी. १’ र ‘केपी. २’ पुष्टि

काठमाडौं–विश्वभरी महामारीको रूपमा पहिचान बनाइसकेको कोरोना भाइरसका नयाँ नयाँ भेरियन्टहरु देखा परिरहेका छन् । कोरोना भाइरसको सङ्क्रमण देखिने क्रम अझै रोकिएको छैन ।

नेपालमा कोरोनाको भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । काठमाडौँकै केही सङ्क्रमितको नमुना परीक्षणको क्रममा यो भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार ‘केपी.१’ र ‘केपी.२’ सब भेरियन्ट हो । यो नसर्ने र घातक नभएको उनले बताएका छन् ।

बुढाथोकीका अनुसार तीन–तीन महिनामा कोरोनाको परीक्षण भइरहेको छ । त्यसै क्रममा बिहीबारको रिपोर्टले केपी १ र केपी २ देखाएको हो ।

देश भरका १५ वटा प्रयोगशालाहरूमा हालै आएका ४२ वटा संक्रमण केसको जिनोम सिक्वेन्सिङ् गर्दा ४० प्रतिशतमा ‘केपी१’ र ‘केपी२’ पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।