images

माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरू पुनः आन्दोलित

काठमाडौं–सहकारी पीडितहरूको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घले शुक्रवार काठमाडौंमा प्रदर्शन गरेको छ ।

शुक्रवार काठमाडौंको माइतीघरमा प्रदर्शनसहित सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका हुन् । सहकारी पीडित बचतकर्ताहरू सङ्गठित हुँदै सरकारले सहकारी सञ्चालकबाट बचत फिर्ता गराउन माग राख्दै प्रदर्शन गरेका छन् । अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितहरूको बचत फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

अध्यक्ष केसीले सरकारले दुई पटक सहकारी समस्या समाधान गर्ने सम्झौता गरे पनि कार्यान्वयन नभएकोले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताए । उनले सरकारले सञ्चालकलाई कारबाही गरी वचतकर्ताको बचत फिर्ता हुनुपर्ने माग आफूहरूको माग रहेको बताए ।

उनले सरकारले आगामी जेठ १५ गते ल्याउने बजेटमा सहकारी समस्या समाधान गर्ने विषयलाई नसमेटेसम्म आन्दोलन नरोक्ने बताए । उनले सहकारी पीडितहरूको आन्दोलन अन्तिम लडाइँको रूपमा अघि बढेको बताए । अध्यक्ष केसीले बजेटमा सहकारी पीडितका समस्या समाधान गर्ने गरी नआउने हो भने आगामी निर्वाचनमा घरदैलोमा मुख देखाउन नसक्ने चेतावनी दिए । उनले सहकारी पीडितहरूले सरकारसँग न्याय भन्दा बाहेक अन्य केही नखोजेको बताए ।

सहकारी पीडितहरूले सहकारी पीडितलाई न्याय दे,हाम्रो बचत रकम फिर्ता गर,बजेट भाषणमा हाम्रो माग सम्बोधन गर सहकारी सञ्चालकलाई तत्काल कारबाही गर लगायतका नारा समेत लगाएका छन् ।