images

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा डोजर चालकको मृत्यु

काठमाडौं– नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एक जना डोजर चालकको मृत्यु भएको छ ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका–४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरी छन् ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान सवा ९ बजेको समयमा पहिरो खसेको थियो । इच्छामनकामना गाउँपालिका–५, मुग्लिङ नारायणगढ सडकखण्डको ३ नं. पुलका लागि पहाड काट्ने क्रममा माथिबाट ढुंगासहित खसेको पहिरोले चालक चौधरीसहित स्काभेटरलाइमा क्षति पुर्‍याएको थियो ।

पहिरोले मेसिनमा पनि क्षति पुगेको छ । अहिले सडक भने सञ्चालनमा आएको जनाइएकाे छ ।