images

सहकारी ठगीमा छानबिन समितिको माग गर्दै कांग्रेसद्वारा सदन अवरुद्ध

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिनको माग गर्दै प्रतिनिधि सभाको बैठकमा नारा जुलुस गरिरहेको छ । कांग्रेसको नारा जुलुसका बाबजुद सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्य सूची अघि बढाएका छन् ।

अर्थमन्त्री वर्षमान पुनलाई संसद्को बेलमा जानबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोकेको थियो । बैठकमा सरकारको नीति तथा कार्यक्रम तथा आर्थिक सर्वेक्षण वाचन गर्न बेलमा जान लाग्दै गर्दा प्रतिपक्षी दलले रोकेसँगै मर्यादा पालकहरू लगाएर अर्थमन्त्रीलाई रोषटममा पुर्‍याएको थियो ।

कांग्रेसका सांसदको वेल घेराउबीच अर्थमन्त्री पुनले प्रतिवेदन पेस गरेका छन्।