images

संसदीय छानबिन समिति बनाउने बाटो खोल्न गृहमन्त्रीलाई राप्रपा प्रमुख सचेतक शाहीको आग्रह

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन बाटो खुल्ला गर्न गृहमन्त्रीलाई आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री रवि लामिछानेलाई संसदीय छानबिन समिति बनाउन बाटो खुला गर्न आग्रह गरेका हुन् ।  उनले छानबिन समिति बनाउने सन्दर्भमा गृहमन्त्रीले नेतृत्व गर्नुपर्ने बताए । उनले छानबिन समिति बनाउँदैमा दोषी र निर्दोष नहुने भन्दै निर्दोष भएमा पुनः गृहमन्त्रीको रूपमा आउन सकिने पनि बताए उनले नयाँ दलहरू पुरानो दलको विकल्पको रूपमा आएका भन्दै सहकारी प्रकरणले नयाँ शक्तिहरूले पनि नाक देखाउने ठाउँ नरहेको बताए ।

उनले भने – ‘प्रतिपक्षमा एउटा बोली आज सरकारमा अर्को बोली गर्ने हो भने म गृहमन्त्रीलाई भन्न चाहन्छु तपाई हामीलाई हेर्नुस्, जनताले हामीलाई भोट यिनै पुराना दलले काम गरेनन् भनेर यिनीहरूको विकल्पमा हालेको भोट हो । गृहमन्त्रीज्यू छानबिन समिति बनाउन दिनुस् । खुला गरिदिनुस् । दोषी भए कारबाही होला । निर्दोष भए तपाई फेरी यही संसदमा गृहमन्त्रीको रूपमा अगाडी आउनुहोला । तपाईँलाई कसले रोक्न सक्छ रु छानबिन समिति बनाउँदैमा दोषी र निर्दोष भन्ने कुरा हुँदैन । तर आज हामी नयाँ शक्तिहरूले पनि नाक देखाउने ठाउँ रहेन । के फरक भयो रु हामी एक छिन इतिहास सम्झौँ त । के थियो हाम्रो पार्टी सङ्गठन रु कुन ठाउँमा हामी थियौँ रु जनताले यी पुराना दलहरूले गर्न सकेनन् । विकल्पको रूपमा उहाँहरू जानुपर्छ भनेका हुन् । तर अहिले संसद् बाधक बनेको छ । छानबिन समिति आवश्यक छ । गृहमन्त्रीज्यूलाई भन्छु, अस्ति यहाँनिर बस्दा खेरी गरेको बोली आज त्यहाँनिर बस्दाखेरीको बोली फरक हुनु भएन । छानबिन समिति बनाउनु¥यो । गृहमन्त्रीले यसको नेतृत्व गर्नु¥यो । छानबिन समिति बनाउनुपर्छ । जनतालाई न्याय दिनुपर्छ ।’

उनले प्रतिपक्षमा हुँदा एउटा बोली र सत्तामा हुँदा अर्को बोली नगर्न पनि गृहमन्त्रीलाई आग्रह गरे ।

नेपाली कांग्रेसको नाराबाजीको बिच प्रतिनिधि सभा बैठक चलाइएको छ ।