images

सहकारीमा ठगेर मुलुकलाई बर्बाद पार्नेहरूलाई सत्तापक्षले जोगाउने षड्यन्त्र गरिरहेको छः अध्यक्ष केसी

काठमाडौं–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगलाई जोगाएर सरकारले लोकतन्त्रमाथि आक्रमण गरेको बताए ।

आइतबारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राख्दै अध्यक्ष केसीले सरकारले सहकारी ठगेर मुलुकलाई बर्बाद पार्नेहरूलाई जोगाउने षड्यन्त्र गरिरहेको बताएका हुन । उनले सरकारले लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण गरेको बताउनु भयो । उहाँले सरकारको नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले समर्थन नगर्ने पनि बताए ।

उनले भने, ‘सहकारीमा ठगेर मुलुकलाई बर्बाद पार्नेहरूलाई सत्तापक्षले जोगाउन जुन खालको षड्यन्त्र गरिराखेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो । त्यस कारणले सत्ताधारीको जुन दुर्दशा छ, यसको राष्ट्रिय जनमोर्चाले घोर विरोध गर्छ । र यो नीति, कार्यक्रमलाई समर्थन गर्दैन । विरोध गर्छ ।’

उनले सत्ताधारीको दुर्दशा रहेको टिप्पणी गर्दै त्यसको पनि राष्ट्रिय जनमोर्चाले विरोध गर्ने बताए ।