images
images

सहकारी ठगी प्रकरणबारे सहमति जुटाउन कार्यदल र शीर्ष नेताहरूको बैठक जारी 

काठमाडौं–सहकारीको  बचत अपचलनबारे  छानबिन समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदल र दलहरूका शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
बैठक  सोमबार  बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । मङ्गलवार सरकारले बजेट पेस गर्ने कार्यक्रम रहेकाले पनि त्यसअगाडि नै दलहरू सहमति जुटाउनका लागि बैठक बसिरहेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार, एमालेबाट कानुन मन्त्री पदम गिरि, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले, सन्तोष परियार लगायत छन् ।
सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी दलले संसदीय छानबिन समितिको कार्यादेशमै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राख्नुपर्ने अडान लिएपछि दलहरूबिच सहमति जुट्न सकिरहेको छैन ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS