images

सरकारले कानुनको कपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम गर्‍योः नेता सिटौला

काठमाडौं–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले कानुनको कपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम गरेको आरोप लगाएका छन् ।

सोमवार काठमाडौंमा गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको गणतन्त्र दिवस संविधान कार्यान्वयनस् दलको उदासीनताका वा सरकारको रु विषयक गोष्ठीलाई सम्बोधन गर्दै नेता सिटौलाले उक्त कुरा बताएका हुन् । उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई दुराशय ढङ्गले पक्राउ गरिएको बताए । उनले अदालतलाई दोष दिएर उम्किने ठाउँ नरहेको बताए । उनले सरकार एक्टिभ नभई अदालतले पक्राउ गर्नु भनेर आदेश नदिने जिकिर गरे ।

अदालतको प्रक्रियाबाट पक्राउ पुर्जी आयो, अदालतले छोडिहाल्ला भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ रहेको भन्दै हल्का जवाफ नदिन प्रधानमन्त्रीलाई आग्रह गरे । उनले संसद् सामान्य कुरालाई लिएर अवरुद्ध भइरहेको पनि बताए । उनले विगतका घटनाक्रमहरू नियालेर उपप्रधान एवं गृहमन्त्रीले आफैँ आरोप पुष्टि गर्नका लागि संसदीय छानबिन समिति बनाउन मार्ग प्रशस्त गर्नुपर्नेमा बनाउँदै अठोट लिएर हिँडिरहनेले आरोप प्रमाणित हुने बताए । उनले नेपाली काँग्रेस व्यक्तिगत रूपमा कुनै पूर्वाग्रह राखेर अघि नबढ्ने पनि दाबी गरे ।

उनले भने, ‘एउटा सामान्य कुरालाई लिएर संसद् अवरुद्ध भएको छ । म सामान्य कुरा भन्दछु । गृहमन्त्रीमाथि आरोप लाग्यो, सारा प्रेस जगतले लेख्यो । संसद्मा प्रतिपक्षले कुरा उठायो । संसदीय छानबिन समिति गठन गरौँ है भनेर कुरा त राखेको हो प्रतिपक्षले बढी केही कुरा राखेको होइन । विगतमा पनि यस्तो हुने गरेकै हो । विगतका मन्त्रीहरूका बारेमा पनि जब प्रश्न उठ्यो । संसदीय छानबिन समिति बन्ने गरेकै हो । त्यस्तै गरौँ भनेको सम्म त हो नि । यो पनि उठ्ने थिएन होला, सायद उहाँ गृहमन्त्री नबनेर अर्कै मन्त्री बन्नुभएको भए । प्रहरीले उहाँमाथि आफैँ अनुसन्धान गर्दथ्यो होला । यो जुन सहकारीको रकम अपचलनको विषय उठ्यो, अपचलन, ठगी भएको कुरा । अनुसन्धान गर्ने निकाय प्रहरी नै हुन्छ, प्रहरी गृहमन्त्रीकै मातहतमा हुन्छ । प्रहरी प्रभावित स्वतः भइहाल्यो उनले भने, महान्यायाधिवक्ताले उहाँको दोष देखिँदैन भनेर पत्र दिइसक्नु भयो । सेना आइजिपीले उहाँको कुनै दोष छैन भनिसक्नु भयो भनेपछि प्रहरी सङ्गठन के गर्दै होला रु महान्यायाधिवक्ता कार्यालयले के गर्दै होला रु बुझिसक्यौँ नि त सबै कुरा । संसदीय छानबिन समिति बनाएर नीतिगत रूपले तथ्यमा प्रवेश गराएर नीतिगत रूपले सम्बोधन गर्दा जे रिपोर्ट आउला, त्यो रिपोर्ट त उहाँले मान्नुपर्ने हो । नेपाली काँग्रेसले व्यक्तिगत रूपमा कुनै पूर्वाग्रह राखेर अघि बढ्दैन  ।’

 

नेता सिटौलाले संविधानमा उल्लेख गरिएका नागरिक हकहरू कार्यान्वयन भए वा भएनन् भन्नेबारेमा सबैले समीक्षा गर्न आवश्यक भएको बताए । उनले संविधानको कार्यान्वयन जनताको हितमा कति भयो रु भनेर समीक्षा गर्न जरुरी रहेको बताए । उनले राजनीतिक दलहरूले सत्ता टिकाउन मेहनत र गिराउनका लागि मात्रै षड्यन्त्र गरिरहनु नहुने बताए ।