images
images

पुल निर्माणको बजेट माग गर्दै सिरहामा स्थानीयद्वारा चक्काजाम

सिरहा–सिरहा र धनुषा जोड्ने कमला नदीको पुल बनाउन माग गर्दै स्थानीयले सदरमुकाम सिरहामा नाराबाजी सहित चक्काजाम गरेका छन् ।

हुलाकी राजमार्ग अन्तर्गत पर्ने पुल निर्माणका लागि आगामी बजेटमा अनिवार्य बजेट विनियोजन गर्नुपर्ने माग राख्दै उनीहरुले आज सिराहा सदरमुकाम चक्काजाम गरेका हुन् । विगत ३ दिनदेखि उनीहरू पुल निर्माण सङ्घर्ष समिति नै गठन गरी आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनका कार्यक्रम अन्तर्गत आज बिहानैदेखि उनीहरूले सदरमुकाममा चक्काजाम गरे । बिहान ११ बजे जाम खुलाइएपछि सरकारी कार्यालय बन्द गराउने उनीहरूको अडान छ ।

उनीहरूले यसअघि शनिवार सदरमुकाममा मसाल जुलुस निकालेका थिए भने आइतबार प्रदर्शन गर्दै विरोध स्वरूप बजार बन्द गरेका थिए ।सङ्घर्ष समितिले गत शुक्रवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण पत्र पठाएको थियो । जेठ १५ गते सार्वजनिक हुने बजेटमा कमला पुल निर्माणको सुनिश्चितता गर्ने गरी बजेट विनियोजन हुनुपर्ने उनीहरूको माग छ ।

हामी सास्ती खेप्न सहन नसकेर पटक पटक आन्दोलन गर्छौँ,सङ्घर्ष समितिका संयोजक रवीन्द्र साहले  भने, यसपालिको बजेटमा कमला पुल निर्माणको सुनिश्चितता नभए हामी सशक्त आन्दोलनमा उत्रिन्छौँ ।

यो पुल शिलान्यास भएको १३ वर्ष भइसकेको छ । कमलामा ४ सय ७० मिटर लामो र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्रै निर्माण गरिसक्ने गरी २४ करोड ९१ लाखमा २०६८ मङ्सिरमा पुल बनाउन शिलान्यास भएको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS