images

यी हुन् आर्थिक वर्ष २०८१/०८२ का बजेटका पाँच उद्देश्य

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१र०८२ को बजेट प्रस्तुत गरेका छन् । अर्थमन्त्री पुनले बजेटका ५ उद्देश्य रहेको निर्धारण गरेको बताए ।

उनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उनले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु, नीति क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलाप तीव्रता ल्याउनु बजेटको उद्देश्य रहेको बताए ।

त्यसै गरी मानव संसाधनको विकास गर्नु, स्रोत र साधनको समन्यायिक ढङ्गले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु भएको उनले बताए ।।