images

बङ्गलादेशमा विद्युत् निर्यात गर्ने सरकारको योजना

काठमाडौं–सरकारले आगामी आर्थिक वर्षदेखि बङ्गलादेशसँग पनि विद्युत् निर्यात गर्ने योजना बनाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले मङ्गलवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो । त्यसै गरी सरकारले आगामी आर्थिक वर्ष ९ सय मेघावाट विद्युत् थप गरेर राष्ट्रिय प्रणालीको विद्युत् क्षमता ४ हजार ६ सय मेघावाट पु¥याइने लक्ष्य पनि लिएको छ । अर्थमन्त्री पुनले विद्युत् प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्रलाई सहभागी गराउने गरी कानुनी प्रबन्ध गर्ने बताए ।

उनले भने, ‘आगामी आर्थिक वर्ष ९ सय मेघावाट विद्युत् थप गरी राष्ट्रिय प्रणालीको विद्युत् क्षमता ४ हजार छ सय मेघावाट पु¥याइनेछ । प्रतिव्यक्ति विद्युत् खपत ४५० युनिट पु¥याईनेछ । आगामी आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था मिलाइनेछ । विद्युत् प्रसारण लाइन निर्माण र वितरण कार्यका निजी क्षेत्र पनि सहभागी हुने गरी कानुनी प्रबन्ध गरिनेछ । जलाशययुक्त जलविद्युत आयोजना, बाँध र विद्युत् गृह छुट्टाछुट्टै तवरबाट निर्माण गर्ने गरी निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गरिनेछ । सुख्खा यामको मागलाई पूर्ति गर्न १२ सय मेघावाट क्षमताको बुढी गण्डकी, ६७० मेघावाटको दुधकोशी र ४१७ मेघावाटको नलसिं गाड जलविद्युत आयोजना तथा २ सय मेघावाटको नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गरिनेछ ।’

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष भित्र १२ सय मेघावाट क्षमताको बुढी गण्डकी, ६७० मेघावाटको दुधकोशी र ४१७ मेघावाटको नलसिंगाड जलविद्युत आयोजना तथा २ सय मेघावाटको नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गरिने पनि बताए ।