images

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन

काठमाडौं– सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन गरेको छ ।

मङ्गलवार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले बजेट विनियोजन गरेका हुन । उनले अपाङ्गमैत्री र सुरक्षित कक्षा कोठा निर्माणको लागि २ अर्ब ५० करोड रकम विनियोजन गरेको बताए ।

उनले १२ कक्षा पूरा गरेका विद्यार्थीहरूलाई सीप र रोजगारीमा आबद्ध गरिने बताए  । उनले प्राविधिक धारको शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न गरिब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने बताए  । उनले प्राविधिक शिक्षातर्फ १ अर्ब ५९ करोड विनियोजन गरेको बताए । उनले सरकारले उच्च शिक्षाको लागि २१ अर्ब ४५ करोड विनियोजन गरेको बताए ।

 सरकारले २०८१ देखि २०९१ सम्मलाई विज्ञान प्रविधि दशकको रूपमा कार्यान्वयन गर्ने बताए । उनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको बताए ।