images

तराईमा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं– नेपालको तराई भूभागमा आजदेखि अत्यधिक गर्मी बढ्ने भएको छ । आज (जेठ १६ देखि पर्सि आगामी १८) सम्म तराई क्षेत्रमा अत्यधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवारदेखि शुक्रवारसम्म तराई क्षेत्रमा तातो हावा चल्ने र त्यसले स्वास्थ्यमा असर पार्ने भएकाले बच्ने उपाय अपनाउन अनुरोध गरेको छ।

चेतावनी तथा परामर्शः

आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार ९माथि चित्र० तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउनुहुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

सम्भावित असर तथा सुझावहरूः

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैस् थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध गरेको छ ।

उपायहरूः
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने ९घाममा बढी नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक)पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरेको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी देखिएको छ।

महाशाखाले भनेको छ,आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

साथै महाशाखाले दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिन हेर्न पनि अनुरोध गरेको छ।