images

सुर्खेतमा जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो

सुर्खेत– सुर्खेतमा जीप दुर्घटना परि मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बिहीबार बिहान सुर्खेतबाट कालिकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप सुर्खेत–दैलेख सडक खण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको थियो । बिहान दुई बजेतिर दुर्घटनामा हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार मृतकमध्ये तीन जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा कालिकोटको शुभ कालिका गाउँपालिका–३ का नमराज विक, तन्त विक। र उनका छोरा वीरेन्द्र विक छन् ।

दुर्घटनामा घाइते भएका चालक कालिकोट खाँडा चक्र–९ का २५ वर्षीय नरेन्द्र विष्ट र शुभ कालिका–३ भर्ताका ३८ वर्षीय नरी कामीको सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।