images

मकवानपुरको भीमफेदीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

हेटौडा–काठमाडौं छोटो मार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा कार दुर्घटनामा परि मृत्यु हुनेको संख्या ३ पुगेको छ । कार दुर्घटनामा परी गम्भीर घाइते मकवानपुरको मनहरी गाउँपालिका– ८, बेलुवाका २६ वर्षीय अर्जुन नेपालीको उपचारको क्रममा हेटौँडा अस्पतालमा साँझ ७ बजेर ४० मिनेटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफैं अनियन्त्रित भई जुरिखेतमा दुर्घटना भएको थियो । कार सडकबाट करिब २ सय ५० मिटर तल कार खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३ जना गम्भीर घाइते भएका थिए। गम्भीर घाइते मध्ये नेपाली मृत्यु भएका हो । घटनास्थलमै अर्जनुकै तीन महिनाको छोरीको समेत ज्यान गएको प्रहरीले जनाएको छ।

मृतक एक पुरुषको सनाखत हुन सकेको छैन। दुर्घटनामा घाइते मकवानपुरको मनहरी गाउँपालिका–८ की २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका–१, लोथरकी ३५ वर्षीया सानोकान्छी तामाङ रहेका छन् । उनीहरूको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।