images
images

नेपालले आज अमेरिकासँग टी–२० विश्वकपको अभ्यास खेल खेल्दै

काठमाडौं– नेपालले टी–२० विश्वकप अघिको आफ्नो दोस्रो तथा अन्तिम ‘वार्म अप’ खेलमा बिहीबार अमेरिकाको सामना गर्दै छ। खेल नेपाली समयअनुसार आज राति ९ः१५ मा डालसको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा प्रतिस्पर्धा हुने भएको छ ।

यसअघि नेपालले आइसिसीको आधिकारिक अभ्यास अन्तर्गत सोमबार भएको पहिलो खेलमा क्यानडासँग ६३ रनले पराजित भएको थियो। सोही मैदानमा‌‌ मङ्गलवारका लागि तय अमेरिका र बंगलादेशबीचको‌ वार्म अप खेल भने वर्षाका कारण रद्द भएको थियो।

डालास आउनुअघि ह्युस्टनमा भएको ३ खेलको शृङ्खलामा अमेरिकाले बङ्गलादेशलाई २.१ ले हराएको थियो।

नेपालले विश्वकपको आफ्नो पहिलो खेलमा ५ जुनमा नेदरल्यान्ड्स सँग खेल्ने छ भने नेपाल रहेको समूह ‘डी’ मा बङ्गलादेश, दक्षिण अफ्रिका श्रीलङ्का र नेदरल्यान्डस् रहेका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS