images

सन्दीपले भने, मलाई अमेरिकी दूतावासले अन्तर्वार्ताका लागि बोलाएको छैन

काठमाडौं–क्रिकेटर सन्दीप लामिछानेले आफूलाई अमेरिकी दूतावासले छलफलका लागि अहिलेसम्म नबोलाएको बताएका छन् । अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिकन दूतावासले उनलाई पहिलो चरणमा भिसा अस्वीकार गरेको थियो ।

नेपाल सरकारले नै उनको भिसा प्रक्रियाका लागि पहल थालेपछि आजै अन्तर्वार्ता लिनका लागि बोलाएको भन्ने समाचार माध्यमका आएका समाचार प्रति सन्दीपले आफू अनविज्ञ रहेको स्पेस समाचारलाई जानकारी दिए ।

स्पेस समाचारसँग कुरा गर्दै लामिछानेले भने,’अहिलेसम्म मलाई कुनै आधिकारिक सूचना आएको छैन । समाचार माध्यममा आएका कुराहरू प्रति म अनविज्ञ छु ।’ लामिछाने विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन सरकारले अमेरिकन दूतावासलाई नोट लेखेको थियो ।

बिहीबार खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले परराष्ट्र मन्त्रालय मार्फत नोट पठाएको र अझै आशावादी रहन भन्दै सन्दीपलाई आश्वस्त पारेका थिए ।