images

अन्तर्वार्ताका लागि अमेरिकी दूतावास पुगे सन्दीप

काठमाडौं–क्रिकेटर सन्दीप लामिछाने अन्तर्वार्ताका लागि अमेरिकी दूतावासमा पुगेका हुन् । अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिकन दूतावासले उनलाई पहिलो चरणमा भिसा अस्वीकार गरेको थियो ।

नेपाल सरकारले नै उनको भिसा प्रक्रियाका लागि पहल थालेपछि बिहीबार ढिलो गरी अन्तर्वार्ताका लागि दूतावासले बोलाएको हो ।

बिहीबार खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले परराष्ट्र मन्त्रालय मार्फत नोट पठाएको र अझै आशावादी रहन भन्दै सन्दीपलाई आश्वस्त पारेका थिए ।

सन् २०१९ मा पनि अमेरिकन दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । अमेरिकाले भिसा दिन अस्वीकार गरेको कुरा सामाजिक सञ्जालमा पोस्ट गरेपछि दूतावासले बोलाएर सन्दीपलाई भिसा दिएको थियो ।

नेपाल क्रिकेट संघको निर्णयअनुसार उनी वेस्टइन्डिज र अमेरिकामा यही जुनमा हुने टी(२० विश्वकप खेल्न जाने तयारीमा छ । नेपाली टोली यसअघि नै विश्वकप खेल्न गइसकेको छ।