images

गर्मीका कारण कपिलवस्तुका सात पालिकाका विद्यालयहरु बन्द

काठमाडाैं– केही दिन देखी बढ्दै गएको गर्मी र तातो हावाको कारण कपिलवस्तु जिल्लाका १० पालिकामध्ये ७ वटा पालिकामा विद्यालय बन्द गरिएको छ । अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि तत्काललाई पठनपाठन बन्द गरिएको हो ।

अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि जिल्लाको,वाणगंगा नगरपालिका, मायादेवी, शुद्धोदन र यशोधरा गाउँपालिका तथा शिवराज, कपिलवस्तु र बुद्धभूमी नगरपालिकाले पठनपाठन प्रभावित भएको भन्दै केही दिनका लागि विद्यालय बन्द गरेका छन् । विगतका वर्षहरूको तुलनामा यस वर्ष गर्मीयाम सुरु भए लगत्तै यस वर्ष अधिक तापक्रम बढेको महसुस भएको छ । जस कारण यति बेला विद्यालय मात्रै होइन बजार समेत सुनसान रहेको स्थानीय अभिभावक वीरेन्द्र शुक्लाले जानकारी दिए ।

अत्यधिक गर्मीका कारण पठनपाठनमा असहजता बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको कपिलवस्तु नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीको भनाई रहेको छ ।

कपिलवस्तुमा विगत १ हप्ताको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस माथि रहेको पाइएको छ । कपिलवस्तु नगरपालिकामा मात्र ५२ वटा सामुदायिक ३ि० वटा संस्थागत तथा २७ वटा धार्मिक विद्यालय रहेका छन् ।