images

सहकारी ठगी प्रकरणमा कांग्रेस निकट सीबी लामा पक्राउ

काठमाडौं–सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेस निकट सीबी लामा पक्राउ परेका छन् । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ साथै पशुपति सेभिङ एन्ड क्रेडिटको अर्बौँ रकम अपचलन गरी फरार रहेका चन्द्रबहादुर तामाङ ९सीबी लामा० पक्राउ परेका हुन् । लामा नेपाली कांग्रेस काभ्रेका महासमिति सदस्यसमेत हुन् ।

लामा कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका तत्कालीन र हाल पशुपति सेभिङ एन्ड कोअपरेटिभका अध्यक्षको रूपमा रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याउँदै गरेको प्रहरीले बताएको छ ।

उनीमाथि कान्तिपुरको ६ अर्ब बढी र पशुपतिको २ अर्ब गरी झन्डै ८ अर्ब रकम अपचलनको आरोप छ । लामासहित कान्तिपुरका सञ्चालकले बचतकर्ता र सेयर धनीको रकमबाट घरजग्गा, निजी व्यवसायमा लगानी गरेका थिए ।

कान्तिपुर सहकारीले बचतकर्ताको ६ अर्ब ७८ करोड रुपैयाँ र पशुपति बचत तथा ऋण सहकारीले १ अर्ब ११ करोड ४८ लाख ३ हजार रुपैयाँ ठगी गरेको भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयमा बचतकर्ताको उजुरीसमेत परेको छ ।