images
images

क्यान अध्यक्ष चन्दको प्रस्टीकरण,सन्दीपलाई भिजा नदिएपछि टोलीमा नराखेको भन्ने भ्रम फैलाइयो

काठमाडौं– नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले सन्दीप लामिछानेलाई भिसा आवेदन दिनुअघि नै आइसिसी टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गरिएको स्पष्टीकरण दिएका छन् ।

दुई पटक आवेदन दिँदा पनि नेपालस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा नदिएपछि क्यानले उनलाई टोलीमै राखेको थिएन भनेर भ्रम फैलाइएको भन्दै अध्यक्ष चन्दले शुक्रवार सामाजिक सञ्जालमार्फत त्यसको खण्डन गरेका हुन् । नेपाली टोलीमा रहेका १४ जनाको नाम गोप्य राखिएको र १५औँ खेलाडीका रूपमा सन्दीपको नाम समावेश गरिएको जिकिर उनले गरेका छन् ।

तर सन्दीपले भिसा नपाएको खण्डमा पहिलेकै १५ जनालाई निरन्तरता दिने गरी आइसिसीले नेपालका लागि मात्र विशेष सुविधा दिएको र सोही आधारमा सन्दीप अमेरिका जान पाएको अवस्थामा प्रतिस्थापन हुने खेलाडीको नाम गोप्य राखिएको दाबी अध्यक्ष चन्दले गरेका छन् । हाल विश्वकप स्वक्वाड यूएसएमा रहेका १५ जनामध्ये सम्भावित प्रतिस्थापन हुने खेलाडीको मनोबल कमजोर हुन नदिन टिम म्यानेजमेन्टले परिपक्व निर्णय गरेको उनको भनाइ छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS