images

हिसाब किताब त प्रधानमन्त्रीसँगै लिने होः सांसद थापा

काठमाडौं–नेपाली कांग्रेसका सांसद एवम् कांग्रेस महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनु पर्ने माग गरे । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले आफूमाथि ‘देशको सूचना बेच्ने एजेन्ट’ भएको सङ्केत गर्दै गृहमन्त्री लामिछानेले दिएको अभिव्यक्ति संसद्को रेकर्ड बाट हटाउनुपर्ने बताएका हुन् ।

सांसद थापाले भने, ‘ गृहमन्त्रीले यो संसदमा सूचना बेच्ने मान्छे पनि छ । संसदमो सूचना बेच्ने मान्छे छ भने त्यो देश द्रोही हो । त्यसलाई सदनबाट निकाल्ने मात्र होइन । त्यसलाई गिरफ्तार गर्नुपर्छ । देशद्रोहीको मुद्दा लगाउनुपर्छ । थुन्नुपर्छ ।

गृहमन्त्री बरालिएर भने पनि आफूहरू नबरालिने सांसद थापाले बताए । उनले थप्दै भने, ‘हामीले त हिसाब–किताब लिनै पर्छ । यो हिसाब किताब गृहमन्त्रीसँग लिएर मात्र अर्थ भएन । हिसाब किताब त प्रधानमन्त्रीसँगै लिने हो ।  कि प्रधानमन्त्रीले संसदमा आएर त्यसको जिम्मा लिनुपर्छ । होइन भने संसद्को रेकर्डबाट हटाउनुपर्छ ।’

उनले गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्रीले नै लिनुपर्ने बताए । उनले संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्ने विश्वास व्यक्त गरे ।