images
images

अछामको बयलपाटा अस्पतालका लागि तत्काल बजेटको व्यवस्था गर्नुपर्छः सांसद कुँवर

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले अछामस्थित बयलपाटा अस्पतालका लागि तत्काल आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरे ।

सरकारले बजेट नदिँदा सो अस्पताल बन्द हुने अवस्थामा पुगेको सरकारले यही असार मसान्तभित्र बजेटको व्यवस्था गर्नुपर्ने उनको भनाई थियो । आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर सांसद कुँवरले आम नागरिकलाई निःशुल्क उपचार गराई रहेको सो अस्पतालको नौ करोड बजेट कटौती गर्ने काम सरकारले गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले सरकारले बाढी, पहिरो, आगलागीबाट हुने क्षतिका लागि राहतको व्यवस्था गर्न पनि ढिलाइ गर्न नहुने बताए ।

सांसद कुँवरले भने, बयलपाटा हस्पिटल बन्द हुने अवस्थामा पुगेको छ । अछाममा निःशुल्क उपचार गराएको सो अस्पतालमा सरकारले नौ करोड बजेट नदिँदा त्यहाँ कर्मचारी तलब खान नपाउने अवस्थामा पुगेका छन् । त्यस कारण तत्काल सो अस्पतालमा असार मसान्त भित्र बजेटको व्यवस्था गर्न म सरकारसँग माग गर्न चाहन्छु ।

सांसद कुँवरले देशभरमा आगलागीबाट ठुलो क्षति भए पनि पीडितलाई राहत दिने कुरामा सरकारले ध्यान नदिएको गुनासो पनि गरे ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS