images
images

ट्राफिक नियमको उलङ्घन गर्नेलाई सडक नखटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं–सर्वोच्च अदालतले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकको रूपमा सडकमा खटाउने गृहमन्त्रीको ठाडो निर्देशनको कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल मार्फत महिला ट्राफिक प्रहरीलाई महिनावारी भएको चार दिन ड्युटी गर्न नपर्ने भन्दै सवारी व्यवस्थाका लागि आवश्यक जनशक्ति ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई स्वयंसेवाका लागि सडकमा खटाउने उल्लेख गरेका थिए ।

गृहमन्त्री लामिछानेले कानुन विपरीत मापसे गरेका र ट्राफिक नियम उलङ्घन गर्नेहरूलाई सडकमा खटाउने कार्य अवैधानिक भन्दै सर्वोच्चमा रिट परेको थियो । त्यसै गरी सदन र सामाजिक सञ्जालमा समेत त्यसको विरोध भएको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS