images

संवैधानिक परिषद् विधेयकसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौं–सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ प्रतिनिधि सभा बैठकमा पेश गरेका छन् ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा उनले सो विधेयकको प्रतिवेदनमा पेश गरेका हुन् । संवैधानिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धमा कार्य विधि तथा संवैधानिक परिषद्को कार्य सम्पादन गर्ने ऐन बनाउने कुरामा समितिमा सहमति जुटाउन सफल भएको सभापति खतिवडाले बताए ।

उनले सो प्रतिवेदन तयार गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका सम्बन्धित पक्षसँग छलफल गरिएको पनि जानकारी दिए ।