images

न्यूरोडमा सडक विभागको हस्तक्षेप,महानगर र सडक विभागबीच विवाद

काठमाडौं–काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा फुटपाथ क्षेत्र बढाउन खोजेपछि सडक विभागले अवरोध सिर्जना गरेको छ । महानगरपालिकाले साबिकको सडक भत्काएर न्यूरोडमा फुटपाथ क्षेत्र बढाउनका लागि भत्काएको सडक सडक विभागले पिच गर्न थालेपछि झडपको स्थिति सिर्जना भएको हो ।

महानगरले फुटपाथ फराकिलो बनाउन भन्दै भत्काएको इन्द्रचोकतर्फको सडक विभागले पुरेर कालोपत्रे गरेको हो ।

महानगरले शनिवार उक्त सडक काटेका थिए । बिना अनुमति सडक काटिएको भन्दै सडक डिभिजनले रोक लगाएको थियो भने स्थानीयले पनि विरोध जनाएका थिए । विभागले कालोपत्रे गर्न सुरु गरेपछि काठमाडौँ महानगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ । अहिले उक्त क्षेत्रमा महानगरपालिका,स्थानीयवासी, मेयर बालेनका समर्थक र सडक विभागका कर्मचारीबीच भनाभन भइएको थियो ।

नगर प्रहरी भने केही समयको विवादपछि फर्किएको छ ।