images

काठमाडौं महानगरपालिकाले टुँडिखेल,तीनकुने र हाँडीगाउँबाट विश्वकपको प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं–काठमाडौं महानगरपालिकाले ‘टी २० विश्वकप’ क्रिकेट खेल हेर्नका लागि टुँडिखेल, तीनकुने र हाँडी गाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ । महानगरपालिका र ओपन डोर्स इन्टरटेन्मेन्टको संयुक्त पहल र खेलकुद मन्त्रालयको सहयोगमा मङ्गलवार राति हुने नेपाल र नेदरल्याण्डस्को खेल ठुलो एलईडी स्क्रिनमा निःशुल्क देखाउन लागिएको हो ।

यसैबीच, खेल सुरु हुनुअघि टुँडिखेलमा इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाललगायतका कलाकारले साङ्गीतिक प्रस्तुति समेत दिने काठमाडौं महानगर पालिकाले जनाएको छ । यसका लागि बेलुका ५ बजेदेखि टुँडिखेलमा छिर्न पाइने व्यवस्था छ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल राति सवा ९ बजे सुरु हुनेछ ।