images

सफा हिमाल अभियान: चार वटा शवसहित ११ टन फोहोर सङ्कलन 

काठमाडौं– सफा हिमाल अभियान-२०२४ अन्तर्गत ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर सङ्कलन गरिएको छ ।

बुधवार नेपाली सेनाले काठमाडौंमा समापन समारोहको आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो । समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले प्रतिकुल मौसम तथा विषम परिस्थितिका बाबजुद यस अभियानको दौरान करिब ११ टन फोहोर, साथसाथै बेवारिसे अवस्थामा रहेका ४ वटा मानव शव र १ अस्थिपञ्जर सङ्कलन गरिएको जानकारी दिए ।
५५ दिनसम्म सञ्चालित अभियानमा कति मात्रामा फोहोर सङ्कलन भयो भन्ने कुराले मात्र अभियानको महत्त्व उजागर गर्न नसक्ने उनको भनाइ छ ।

प्रधानसेनापति शर्माले झन्डै एक लाख फौज भएको देशले १० हजार फौजलाई वातावरण संरक्षणमा प्रयोग गर्नु उदाहरणीय काम भएको बताए । धेरैजसो हिमालहरू अहिले पग्लिने चरणमा रहेको उनको भनाइ छ ।