images

विश्वकप छनौटका लागि नेपालले दोस्रो चरणअन्तर्गत युएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं– नेपालले विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत युएईसँग आज प्रतिस्पर्धा गर्दै छ ।

साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पैने १० बजे सुरु हुनेछ । एएफसी एसियाली फुटबल महासङ्घले दशरथ रङ्गशाला विश्वकप छनोटका खेल सञ्चालन गर्न अयोग्य ठहर गरेपछि नेपालले युएईविरुद्धको ‘होम म्याच’ दमाममा खेल्न लागेको हो ।

समूह ‘एच’बाट युएईले शीर्ष स्थानमा रहँदै विश्वकपको तेस्रो चरणमा स्थान बनाइसकेको छ । यसले सिधै एएफसी एसियन कपमा पनि आफ्नो स्थान सुरक्षित गरेको छ । नवौँ अङ्क रहेको बहराइन र तीन अङ्क रहेको यमन भने अघिल्लो चरणमा पुग्न प्रतिस्पर्धारत छन् । जितविहीन रहेको नेपालले भने एसियन कपका लागि क्वालिफायर खेल्ने छ ।