images
images

यही सरकारको पालामा निजगढ–काठमाडौँ फास्ट ट्र्याक निर्माणको कामले पूर्णता पाउँछः रक्षा मन्त्री उप्रेती

सर्लाही– रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले यही सरकारको पालामा निजगढ–काठमाडौं फास्ट ट्रयाकको निर्माण पूरा हुने बताएका छन् । उनले केही दिनमै सर्लाहीमा खाना खाएर काठमाडौंमा रहेको कार्यालयको काम भ्याएर एकै दिनमा फर्कने दिने समेत आश्वासन दिए।

शुक्रवार सर्लाहीको लाल बन्दीमा नेपाल क्योकुशिन–कान कराँते सङ्घले आयोजना गरेको क्युकोशिनकान कराँते प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री उप्रेतीले निजगढ–काठमाडौँ फास्ट ट्र्याकको निर्माणमा कुनै किसिमको विलम्ब नहुने विश्वास दिलाए । उनले यसै सरकारको पालनामा फास्ट ट्र्याक निर्माणको कामलाई पूर्णता दिन लागि परिरहेको जानकारी गराए।

साथै उनले सुनकोशी मरिण डाइभर्सन, रेल्वे लगायतले पनि तराईको भविष्य उज्ज्वल रहेको स्पष्ट पारे । दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न प्रदेश तथा विभागीय क्लबका समेत गरी २५० जना खेलाडीहरू प्रतिस्पर्धा गरिरहेका छन् ।२५ केजीदेखि माथि विभिन्न तौल समूहका महिला तथा पुरुष खेलाडीहरू बिच भइरहेको प्रतिस्पर्धामा विजयी खेलाडीलाई प्रमाणपत्र ,ट्रफी,मेडल र नगदसहित पुरस्कृत गरिने प्रशिक्षक शशी देवकोटाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी खेलाडीहरूको लागि पनि प्रमाणपत्रको व्यवस्था गरिएको छ।

लाल बन्दी नगरपालिका वडा न–७ स्थित कृषि विकास बैङ्कको चौरमा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन कार्यक्रममा मधेश प्रदेशका ऊर्जा,सिँचाइ तथा खानेपानी मन्त्री बेची लुंगेली,लाल बन्दी नगरपालिकाका नगरप्रमुख वासुदेव अधिकारी लगायतको उपस्थिति रहेको थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS