images

गाँजाको विषय अध्ययनका लागि एक महिनाभित्र नियमावली बनाउने गृहमन्त्री लामिछानेको प्रतिबद्धता

काठमाडौं–उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गाँजा खेती र औषधिजन्य उपयोगको विषयमा अध्ययन अनुसन्धानको लागि सरकारले एक महिनाभित्र नियमावली बनाउने प्रतिबद्धता जनाएका छन् ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ विषय सम्बन्धी छलफलमा उनले गाँजा खेती अध्ययन गर्न बनेको समितिले एक महिनाभित्रै प्रतिवेदन दिने बताएका हुन् । गृहमन्त्री लामिछानेले गाँजा खेती वैधानिक बनाउने विषयमा द्विविधा राख्नु नपर्ने पनि उल्लेख गरेका छन् ।

यता, गाँजाको व्यावसायिक उत्पादन र अध्ययन अनुसन्धानका लागि कानुनी रूपमा सहज बनाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । समिति सभापति डा.आरजु राणाले अर्थ र गृह मन्त्रालयलाई गाँजाको व्यावसायिक उत्पादन गर्ने विषयमा भएको छलफल कार्यान्वयन गरेर लैजान निर्देशन दिएकी हुन् ।