images

आज र भोलि बस्ने प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय

काठमाडौं–प्रतिनिधि सभाको आज र भोलि बस्ने बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ ।

आइतबार बिहान सभामुख निवास बालुवाटारमा बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेका हुन्।

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक स्थगित गर्नु परेको जनाइएको छ ।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो ।