images

विराटनगरमा प्रदेश योजना आयोगका उपाध्यक्षको गाडीमा आगजनी

काठमाडौं–पक्राउ परेका विद्यार्थीको रिहाइको माग गर्दै विराटनगरमा प्रदेश योजना आयोगका उपाध्यक्षको गाडीमा विद्यार्थीहरूले आगजनी गरेका छन् । रङ्गेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थीको रिहाइको माग गर्दै आन्दोलनरत विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका हुन् ।

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडिका विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारी चढेको को १ झ ६४४ नम्बरको स्कारपीयो गाडीमा विद्यार्थीहरूले आगजनी गरेका हुन् ।

मोरङको रङ्गेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीहरूलाई पक्राउ गरेको थियो ।

निजी विद्यालयहरूले आफूखुसी कानुन विपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भन्दै जेठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र विद्यार्थीहरू गएका थिए । सो क्रममा विद्यार्थी र नगरपालिकाका पदाधिकारीहरूबीच विवाद भएको थियो ।